Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक कोरोना संक्रमितसहित केन्द्रीय कारागारका तीन कैदीको मृत्यु


    मंगलबार, भाद्र १६ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन् ।

    ती पुरुषमा गत भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो। उपचारकै क्रममा सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।

    बाँस्कोटाका अनुसार संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समस्या थियो। त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए।

    केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार