Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङका १४ दिने शिशुमा कोरोना संक्रमण


    मंगलबार, भाद्र १६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । लमजुङका १४ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा शिशुसहित ३९ जनामा संक्रमण पुष्टि भएको हो । 

    सो परीक्षणमा नवलपरासी (सुस्तापूर्व) का १० जना, कास्कीका २ र बागलुङका १ जनामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

    लमजुङका संक्रमितका जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनको शिशुसहित ५ जना,अस्पतालमै कार्यरत एक कर्मचारी, ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा. शर्माले जनाकारी दिए। अन्य सबै संक्रमितहरु कन्टयाक्ट ट्रेसिङबाट पुष्टि भएका हुन् । त्यस्तै पोखराका २ मध्ये १ संक्रमित पर्यटन व्यवसायी भएको उनले जानकारी दिए ।

    संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २०५ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार