चितवन । भरतपुरमा सोमबार साँझ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा उपचार गराइरहेका मकवानपुर हेटौंडा–१५ का ५८ वर्षीय पुरुषको गए राति २ बजेर ५२ मिनेट जाँदा मृत्यु भएको हो ।
ती संक्रमितमा कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । सोमबार उनमा संक्रमण पुष्टि भएको थियो ।
चितवनमा पछिल्लो २४ घण्टाभित्र पाँच जना संक्रमितको मृत्यु भएको छ । चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १७ पुगेको छ ।