Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एसिसी प्रिमियर कप आजबाट, उद्घाटन खेलमा नेपाल मलेसियासँग भिड्दै


    मंगलबार, बैशाख ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।

    सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन ।

    पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ ।

    यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ ।

    नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।

    सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार