काठमाडौं । दैनिकजसो फिल्डमा खटेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उनले दुई दिनअघि स्वाब दिएका थिए । सोमबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
शाक्यकी पत्नीलाई केही बिसन्चो भएपछि दुवैको स्वाब संकलन गरिएको थियो । तर पत्नीलाई भने संक्रमण नदेखिएको मेयर सचिवालयले जनाएको छ । मेयर शाक्यलाई कोरोनाको केही लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा छन् ।