काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। कोरोनाको कारण स्वास्थ्यकर्मीले ज्यान गुमाएको यो पहिलो घटना हो ।
महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा गत भदौ १० गते बाटैमा मृत्यु भएको हो। ती मृतकको कोरोना परीक्षणका गर्दा कोरोना पोजेटिभ देखिएको हो।
ती मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको बताइएको छ। श्रीमतीको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भैरहेको छ।
अस्पतालमा मृतक स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपछि सोही दिन शव महोत्तरी पठाइएको थियो। मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो।