बुटवल । होम आइसोलेशनमा रहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिएका छन् ।
भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।