Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • पाल्पामा तालमा डुबेर एक जनाको मृत्यु


    शुक्रबार, बैशाख १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीका एक पुरुषको पाल्पामा तालमा डुबेर मृत्यु भएको छ ।

    नयाँ वर्षका अवसरमा पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित भुतखोला गएका रुपन्देहीको सिद्धार्थनगर–१२ का ३० वर्षीय शिवम जैशवालको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार भुतखोलाको तालमा डुबेर घाइते भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवाल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार