Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित


    शुक्रबार, बैशाख १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको हो।

    यसअघि सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भइसकेको छ ।

    आज दिउँसो १ बजे पनि बैठक बस्ने तय भएको थियो । तर बैठक स्थगित भएको छ । अर्को बैठकको मिति तय भएको छैन ।

    नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति तय भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार