वीरगञ्ज । वीरगञ्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो ।
भेटिएका संक्रमिमध्ये पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना ३० वर्षीय पुरुषको ठेगाना उल्लेख छैन । पर्साको ३२ जनामध्ये २१ जना वीरगञ्ज महानगरपालिकाका, ९ जना कालिकामाईका र २ जना जिराभवानीका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार हालसम्म ४ सय ८२ जना महिलासहित २ हजार १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भई घर फर्किएका छन् भने ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
२७ जना महिलासहित ९८ जना आइसोलेसनमा र २ सय १८ जना महिलासहित ९ सय ८४ जना होम आइसोलेसनमा छन् । कोभिड अस्पतालको आईसीयूमा १९ जना उपचाररत छन् ।
१९ हजार ६ सय ६२ स्वाब संकलन गरिएकोमा १ सय ८४ जनाको मात्रै रिपोर्ट आउन बाँकी छ ।