चितवन । माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ।
भरतपुर–८ सल्यानी टोलमा रहेको चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो।
दराई र रानामगर सो पोखरीमा माछा चोर्न गएको र सोही क्रममा करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
मृतकको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको उनले बताए। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको थापाले बताए। उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ।
माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको थापाले बताए।