काठमाडौँ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहमा संलग्नलाई कारबाही गर्न भन्दै युवासंघ नेपालले आवाज उठाएको छ ।
युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवअधिकार, कानूनी शासन लगाएतका विषयमा निरन्तर कार्य गर्दै आइरहेको र जुनसुकै आवरणमा हुने अपराध रोक्न युवा संघ नेपाल सदैव क्रियाशिल रहने र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई कारबाही गर्नुपर्ने भन्दै यस्ता गतिविधिलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएको छ। ”
ध्यानाकर्षणपत्रमा विभिन्न प्रश्न खडा गर्दै भनिएको छ , “भुटानबाट एक लाख भन्दा बढि ल्होत्साम्पा समुदायका भुटानी नागरिक देश निकाला भई बेघरबार भएका छन् । देशबाट लखेटिएका भुटानी नागरिकहरुले नेपालमा शरण लिएर झापा जिल्लाको बेलडाँगी र शनिश्चरे शिविरमा शरणार्थी जिवन बिताइरहेका छन् । त्यस्ता भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुको पहलमा भुटानी शरणार्थीहरुलाई तेस्रो देशमा पुनर्वासको व्यवस्था गरिएको छ । यहि व्यवस्था अन्र्तगत अमेरिका, क्यानडा लगाएतका मुलुकमा भुटानी शरणार्थीहरुलाई पठाउने गरिएको छ । ठुलो संख्यामा अहिले पनि नेपालमा भुटानी शरणार्थीहरु शिविरमा जिवन बिताइरहेका छन् ।
यसैक्रममा मिति २०७९ चैत्र २४ गते कान्तिपुर राष्ट्रिय दैनिकमा ‘अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता’ शिर्षकमा समाचार प्रकाशन भयो ।
तेस्रो देशमा पुनर्वास हुनबाट छुटेका शरणार्थीहरुको समस्या समाधान गर्न सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन सार्वजनिक नगरिनु र सार्वजनिक नभएको सो प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची कसरी थप गरियो ? नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर प्रतिवेदनमा किन र कसरी थपियो ? हालसम्म सो प्रतिवेदन किन सार्वजनिक गरिएन ? । ”
साथै युवा संघ नेपालले निम्न विषयमा ध्यानाकर्षण गराएको छ।
१.सरकारले २०७६ साल असार २९ गते गठन गरेको कार्यदलका संयोजक गृहमन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थी तथा सो कार्यदलका सम्पूर्ण सदस्य उपर अनुसन्धान गरि मुद्दा चलाउन अख्तियार प्राप्त निकायलाई पत्राचार गर्न माग गर्दछ ।
२. उक्त प्रतिवेदन १ हप्ता भित्र सार्वजनिक गर्न माग गर्दछ ।
३. भोक—तीर्खा, घाम—पानी, घर—परिवार गुमाएका, भुटानी माटोमा जन्मिए, हुर्किएका देशबाट लखेटिएका, शासकको दमनले बाध्यताबस शरणार्थी बन्न पुगेका भुटानी शरणार्थीहरुको आवरणमा गैरकानूनी कार्यमा सामेल राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन उपर अनुसन्धाग गरि कानून बमोजिम कारवाहि गर्न माग गर्दछ ।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend