Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • अनुशासन समितिमा ढाकाकुमारको एक घण्टा बयान : अडियोको आवाज मेरो होइन


    मंगलबार, चैत्र २८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

    श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो । समितिको बयानमा उनले सार्वजनिक अडिओमा भएको आवाज आफ्नो नभएको दाबी गरेको बाताइएको छ ।

    उनले सोमबार राति बुझाएको स्पष्टीकरणमा पनि सोही कुरा उल्लेख गरेका थिए। अडिओ सार्वजनिक भएलगत्तै पार्टीले उनलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार