काठमाडौं । मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर बिश्वकर्माबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आयोगले आर्थिक बर्ष २०७२–०७३ मा जग्गा किनवेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गरेको थियो । सो अवधिको जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेलले मालपोत कार्यालय, पर्सामा दैनिक लिखत रजिष्ट्रेशन पारित हुँदा राजस्ववापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरेको अनुसन्धानमा देखिएको आयोगले जनाएको छ । सो अवधिमा संकलन भएको राजस्व रकममध्ये रु ९३ लाख ६६ हजार २ सय ९ रुपैयाँ हिनामिना हुँदा समेत प्रतिवादी मदनप्रसाद गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दुरुस्तरुपमा दाखिला नगराएको देखिंदा पोखरेलबिरुद्ध मुद्दा दर्ता गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । पोखरेलबिरुद्ध रु ९३ लाख ६६ हजार २ सय ९ रुपैयाँ नै बिगो कायम गरी मुद्दा दर्ता भएको छ ।
आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख गम बहादुर विश्वकर्माबिरुद्ध पनि मुद्दा दर्ता गरेको छ । विश्वकर्माले मालपोत कार्यालय, पर्सामा दैनिक लिखत रजिष्ट्रेशन पारित हुँदा राजस्ववापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी आ.व. २०७२–०७३ को उनको कार्यकालमा संकलन भएको राजस्व रकममध्ये रु. १ लाख ४१ हजार ८ सय २५ राजस्व हिनामिना हुँदा समेत प्रतिवादी मदनप्रसाद गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरेको अख्तियारले जनाएको छ ।
मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ताले मालपोत कार्यालय, पर्सामा लिखत रजिष्ट्रेशन पारित हुँदा प्राप्त हुने राजस्व उठाउने र उठेको राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने कर्तव्य भएका उनले उठाएको राजस्व प्रचलित कानूनबमोजिम दाखिला नगरी रु. ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । उनलाई पनि बिगोबमोजिमको जरिवाना माग गरी मुद्दा दर्ता गरिएको छ ।
मालपोत कार्यालय, पर्साका तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीबिरुद्ध मुद्दा दायर गरिएको छ । मालपोत कार्यालय, पर्सामा लिखत रजिष्ट्रेशन पारित हुँदा प्राप्त हुने राजस्व लेखा शाखामा बुझाउन ल्याउँदा चलानी र रसिद भिडाएर राजस्व बुझ्नुपर्छ भन्ने कानूनी व्यवस्था विपरीत ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनीबिरुद्ध पनि त्यति नै बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend