काठमाडौं । सहसचिवहरुको प्रमुख रोजाइमा पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सीडीओ)मा जयनारायण आचार्यले बाजी मारेपछि अब पर्साको लागि दौडधूप सुरु भएको छ ।
काठमाडौंपछि पर्साको सीडीओमा जान केही सहसचिवहरु मन्त्रीहरुकोमा दौडधूप गर्न थालेका छन् । वर्तमान सरकारमा पर्साका तीन मन्त्री छन्–कानुन मन्त्री अजय चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदीप यादव । यी तीनै मन्त्रीकोमा सीडीओ हुनका लागि तीन सहसचिवहरुको दौडधूप चलेको छ ।
उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, लुम्बिनीका सामाजिक विकास मन्त्रालयका सचिव विनोद खड्का र गृहमन्त्रालयका सहसचिव लालबाबु कवारी पर्साको सीडीओ हुनका लागि दौडधूप र चलखेलमा लागेका छन् ।
उद्योग विभागबाट सरुवा हुने भएपछि कोइराला काठमाडौंको सीडीओ हुने दाउमा थिए । तर आचार्यको सरुवा भएपछि उनी पर्सामा सरुवा हुन सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन् । उनी कांग्रेस समर्थक सहसचिवका रुपमा चिनाउँदै मन्त्रीका अलावा सो पार्टीका नेताहरुको घरघरमा धाइरहेका छन् । कोइरालाले उद्योग बिभागका हरेक शाखाबाट दररेट अनुसार घुस असुली अभियान नै चलाएका छन् ।
लालबाबु कवारी सिरहाको सीडीओ हुँदा पनि अति नै विवादमा मुछिएका थिए । उनले यातायातदेखि जनसम्पर्क हुने कार्यालयका प्रमुखलाई मासिक रेट तोकेर घुस मागेर हैरान बनाएका थिए । कवारीलाई त्यसअघि कम्पनी रजिष्टार कार्यालयमा हुँदा मेडिकल कलेजसँग घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो । उनी यातायात कार्यालयदेखि बैदेशिक रोजगार विभाग जहाँ हुँदा पनि घुसखोर कर्मचारीका रुपमा चिनिन्छन् । उनलाई रवि लामिछाने गृहमन्त्री हुँदा गोर्खाको सीडीओमा सरुवा गरिसकेपछि विवाद भएर बाटैबाट फिर्ता गरिएको थियो ।
त्यसैगरी, सहसचिव विनोद खड््का उद्योग विभागदेखि सधैं आकर्षक कार्यालयमा बसी लाभ लिएकै कर्मचारीभित्र पर्दछन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend