Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्साको सीडीओ हुन ३ सहसचिवको दौडधूप, कसले मार्ला बाजी ?


    बिहिबार, भाद्र २७ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सहसचिवहरुको प्रमुख रोजाइमा पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सीडीओ)मा जयनारायण आचार्यले बाजी मारेपछि अब पर्साको लागि दौडधूप सुरु भएको छ ।

    काठमाडौंपछि पर्साको सीडीओमा जान केही सहसचिवहरु मन्त्रीहरुकोमा दौडधूप गर्न थालेका छन् । वर्तमान सरकारमा पर्साका तीन मन्त्री छन्–कानुन मन्त्री अजय चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदीप यादव । यी तीनै मन्त्रीकोमा सीडीओ हुनका लागि तीन सहसचिवहरुको दौडधूप चलेको छ ।

    उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, लुम्बिनीका सामाजिक विकास मन्त्रालयका सचिव विनोद खड्का र गृहमन्त्रालयका सहसचिव लालबाबु कवारी पर्साको सीडीओ हुनका लागि दौडधूप र चलखेलमा लागेका छन् ।

    उद्योग विभागबाट सरुवा हुने भएपछि कोइराला काठमाडौंको सीडीओ हुने दाउमा थिए । तर आचार्यको सरुवा भएपछि उनी पर्सामा सरुवा हुन सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन् । उनी कांग्रेस समर्थक सहसचिवका रुपमा चिनाउँदै मन्त्रीका अलावा सो पार्टीका नेताहरुको घरघरमा धाइरहेका छन् । कोइरालाले उद्योग बिभागका हरेक शाखाबाट दररेट अनुसार घुस असुली अभियान नै चलाएका छन् ।

    लालबाबु कवारी सिरहाको सीडीओ हुँदा पनि अति नै विवादमा मुछिएका थिए । उनले यातायातदेखि जनसम्पर्क हुने कार्यालयका प्रमुखलाई मासिक रेट तोकेर घुस मागेर हैरान बनाएका थिए । कवारीलाई त्यसअघि कम्पनी रजिष्टार कार्यालयमा हुँदा मेडिकल कलेजसँग घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो । उनी यातायात कार्यालयदेखि बैदेशिक रोजगार विभाग जहाँ हुँदा पनि घुसखोर कर्मचारीका रुपमा चिनिन्छन् । उनलाई रवि लामिछाने गृहमन्त्री हुँदा गोर्खाको सीडीओमा सरुवा गरिसकेपछि विवाद भएर बाटैबाट फिर्ता गरिएको थियो ।

    त्यसैगरी, सहसचिव विनोद खड््का उद्योग विभागदेखि सधैं आकर्षक कार्यालयमा बसी लाभ लिएकै कर्मचारीभित्र पर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार