Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोना संक्रमितको संख्या सय नाघ्यो


    सोमबार, चैत्र २७ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ५६६ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो ।

    जसमा ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको छ।

    योसँग कोरोनाको संक्रिय संक्रमको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइशोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जनालाई राखिएको छ । आज मात्रै २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार