Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा भीषण आगलागी हुँदा २१ बढी घर जलेर नष्ट


    आइतबार, चैत्र २६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट। रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ। उक्त आगलागी हुँदा २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।

    माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको छ ।

    आज दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

    उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको छ । तर, वारूणयन्त्रको पानी सकिएपछि आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय पारस भण्डारीले बताए ।

    आगलागीका कारण मानविय क्षति अहिलेसम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइसकेको सिडिओ मिश्रले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार