Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुराबाट चरेससहित एक जना पक्राउ


    आइतबार, चैत्र २६ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डडेल्धरा। डडेल्धुरामा लागूऔषध चरेससहित एक जना पक्राउ परेको छन्। चरेससहित पक्राउ पर्नेमा अमरगढी नगरपालिका-८ खनमडा गाउँका ६० वर्षीय करन राज पाण्डेय हुन्।

    पाण्डेयले आफ्नो खुद्रा पसलबाट लागूऔषध (चरेस) को कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा चरेस भेटिएको हो।

    उक्त स्थानमा शंकास्पद पसल तथा घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा चरेससहित उनलाई पक्राउ गरी कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।

    पक्राउ परेका पाण्डेयलाई प्रहरीले पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार