Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • संसद भवन अगाडि फेरि आत्मदाह प्रयास


    शुक्रबार, चैत्र २४ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ। आज संसद भवनको एक नम्बर गेट अगाडि ५० वर्षीय प्रेम लामाले आत्मदाहको प्रयास गरेका हुन्।

    लामाले शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनको सुरक्षित उद्धार गरेको छ ।

    लामा अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। उनलाई सचेत गराएर परिवारको जिम्मा लगाउने तयारी भएको प्रहरीले बताएको छ । केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार