Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु


    शनिबार, भाद्र १३ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय अधिकारीले बताएका छन् ।

    एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष रहेका छन् । घटनाबारे अनुसन्धान सुरू गरिएको बताउँदै उनले थप जानकारी प्रारम्भिक अनुसन्धानपछि आउने बताए ।

    आक्रमणको कारण र पीडितको पहिचानका लागि प्रहरी अनुसन्धान भइरहेको ती अधिकारीले बताए । यद्यपि घटनाबारे प्रहरीले आधिकारिक जानकारी गराइसकेको छैन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार