काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा सचिव सरुवा गर्ने परिपाटी नै बस्न थालेको छ । विगतमा यदाकदा सचिवहरुलाई अतिरिक्त समूहमा राखिए पनि पछिल्ला दिनमा विशिष्ट श्रेणीका कर्मचारीलाई विनाजिम्मेवारी अतिरिक्त समूहमा राखिएको छ ।
अतिरिक्त समूहमा लामो समय बसेर तथ्यांक विभागमा नयाँ सचिवको दरबन्दी सृजना गरी रामप्रसाद थपलियाको ब्यवस्थापन गरिएको महिना दिन नबित्दै उनको स्थान बैकुन्ठ अर्यालले लिन पुगेका छन् । असारको पहिलो साता अवकाश हुन लागेका सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । बरिष्ठ सचिव अर्याललाई निजामती सेवा ऐन बिपरीत अतिरिक्त समूहमा राखिएको भन्दै धेरैले सहानभूति प्रकट गरेका छन् । तर भित्री रहस्य भने अर्कै रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालका मुख्यसचिव शंकरदास बैरागीको कार्यशैलीप्रति प्रचण्ड नेतृत्वको सरकार सन्तुष्ट छैन ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुख्यसचिव बन्न सफल भएका बैरागीलाई एमाले निकटको संज्ञा दिने गरिन्छ । उनले मन्त्रिपरिषदले गर्न लागेका महत्वपूर्ण सूचना बालकोटमा चुहाउने गरेको आरोप छ । सोही आरोपका कारण प्रचण्डले बैरागीलाई मागेकै देशको राजदूत बनाएर मुख्यसचिवबाट बिदाइ गर्ने र सो स्थानमा अर्याललाई मुख्यसचिव बनाउने खेल भइरहेको छ । सोही योजनालाई मूर्तरुप दिन अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लगिएको स्रोतको दाबी छ ।
परराष्ट्र समूहबाट आएका बैरागी संकीर्ण स्वभावका भनेर चिनिन्छन् । केही क्षेत्रीय र जातीय आधारमा कर्मचारीहरुसँग निकट सम्बन्ध राख्ने र अरु कर्मचारीलाई पाखा लाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दैआएका बैरागीलाई पछिल्लो समय निजामती प्रशासनलाई झनै पंगु बनाउन महत्वपूर्ण भूमिका खेलेको आरोप छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यले कर्मचारीहरुको तेजोबध गर्ने निर्णय लिंदा कर्मचारीको मुख्य अभिभावक भएर पनि उनीहरुको पक्षमा कुनै किसिमको भूमिका नखेली आफ्नो मात्र पद सुरक्षित गर्न भुमिका खेलेको आरोप छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend