Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी अस्पतालको कोरोना रिपोर्ट चीनले नमान्ने


    शनिबार, भाद्र १३ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । चीनले हवाईमार्गबाट उसको मुलुक जान चाहने यात्रुले यदि सरकारी अस्पतालबाट कोरोना भाइरस परीक्षणको रिपोर्ट लिए त्यसलाई नमान्ने बताएको छ। चीनले हवाईमार्गबाट उसको मुलुक जान चाहने यात्रुलाई काठमाडौँका तीनवटा निजी अस्पतालबाहेक अरूमा पीसीआर परीक्षण नगराउन भनेको छ ।

    दूताबासले चिनियाँ भाषामा सार्वजनिक सूचना जारी गरी सिफारिस गरेकामा ललितपुरको सानेपास्थित स्टार हस्पिटल, सिनमंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पताल रहेका छन्।

    नेपाल सरकारले हवाई यात्रुलाई बोर्डिङ पास लिने बेलामा तीन दिनभित्रको कोरोना भाइरस ९कोभिड–१९० परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्यरुपमा पेश गर्न भनेपछि काठमाडौंस्थित चिनियाँ राजदूताबासले परीक्षणका लागि उपत्यकाका तीनवटा निजी अस्पताल तोकिदिएको हो ।

    उड्नुअघि त्रिभुवन विमानस्थलमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य बनाए पनि सरकारी अस्पतालमा श्वाव संकलन गरेको १० दिनसम्म रिपोर्ट नआउने समाचार सार्वजनिक भएपछि २४ घण्टाभित्र रिपोर्ट दिने निजी अस्पताल चिनियाँ दूताबासलको रोजाइमा परेका हुन ।

    नेपालका केही अस्पतालका रिपोर्ट भरपर्दो नभएकोले चिनियाँ दूताबासले निश्चित अस्पताल तोकिदिएको विज्ञहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार