Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सौराहमा हात्तीको सूँड काटेपछि……….


    बुधबार, चैत्र २२ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। चितवनको सौराहास्थित एक हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड काटिएको छ । अज्ञात समूहले हात्तीको सूडँ काटिदिएको स्रोतले जनाएको छ । मंगलबार राति साँढे ११ बजे अज्ञात समूहले हात्तीको सूँड काटिदिएको अवस्थामा भेटिएको हो ।

    सौराहका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले ४५ वर्षीय चञ्चकली नामको हात्तीको सूँड काटिएको बताए । खतिवडाले भने,‘राति हाती करायो । ६ इन्च सूँड काटिएको छ । हातीले खाना खान सकेको छैन । ’ हात्तीको सूँड काट्नेको खोजी र घटनाको थप अनुसन्धान भइरहेको चितन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए । हात्तीको अवस्था भने अहिले सामान्य रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार