काठमाडौं । पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।
अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ। यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ।
जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको संघका अध्यक्ष जङ्गबहादुर बेल्बासेले बताए।
पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपियाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन्। नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन्।
पोल्ट्री व्यवसायीले आफूहरूसँग २००–२५० रुपियाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपियाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गरे।
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्। उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend