काठमाडौं । ट्राफिक प्रहरीमा कोरोनाको संक्रमण बढिरहेको छ । शुक्रबार साँझ आएको रिपोर्ट अनुसार महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १७ जना ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि दुई जनामा कोरोना पुष्टि भैसकेको छ ।
सुरुमा दुई जनामा मात्र कोरोना देखिएपनि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्या १७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन् ।
त्यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म १ सय १० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।