काठमाडौं । एक युवकलाई अपहरण गरेको अभियोगमा पोखरामा वडा सदस्य पक्राउ परेका छन् । पोखरा महानगरपालिका २३ का वडा सदसय भरतराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अपहरणमा संलग्न भएको आरोपमा भण्डारीसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा अन्यमा काठमाडौं कीर्तिपुर घर भई पोखरा बस्ने ४२ वर्षीय ठेकेदार वसन्त लामा र पोखरा २३ कै सुपरभाइजर ४५ वर्षीय टिकाराम भण्डारी छन् ।