Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु


    शनिबार, भाद्र १३ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्।

    प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो। 

    काठमाडौंकी महिला भदौ ८ गते र भक्तपुरकी महिला साउन ३० गतेदेखि अस्पतालमा उपचाररत रहेको शाक्यले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार