Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु


    शनिबार, भाद्र १३ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । सिरहाका  कोरोना संक्रमित ८४ वर्षीय वृद्धको  धरानमा मृत्यु भएको छ ।
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारकै क्रममा शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको हो । मृतक  सिरहाको भदैया–६ का हुन   

    मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

    वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

    कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
    मृतकमा मिर्गौलासम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार