काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजीनामा दिएको बिषय शुक्रबार दिनभरी केही ब्यक्तिले सामाजिक संजालमा उछालेका छन् । नेकपाभित्रका प्रधाननमन्त्री बिरोधी एक पक्षका नेता कार्यकर्ताले यसलाई जोडतोडका साथ उठाएका छन् । सामाजिक संजालमा जापानका प्रधानमन्त्रीको राजीनामाको बिषयलाई नेपालको सन्दर्भमा जोड्न खोजिएको छ । जापानका आवेले स्वास्थ्यमा सामान्य समस्या आउनासाथ राजीनामा दिए तर नेपालका प्र्रधानमन्त्री केपी शर्मा ओलीले नदिएको आसय झल्किने खालका बिषय उठान गरिएका छन् ।
सामाजिक संजालमा जापानका प्रधानमन्त्रीको राजीनामाको बिषय र नेपालको सन्दर्भ अलग भएको भन्दै प्रतिवाद पनि भइरहेको छ । तत्कालीन प्रेस चौतारीका अध्यक्ष तथा पत्रकार राजेन्द्र अर्यालले बिरामी अवस्थामै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपाले दुई तिहाई बहुमत ल्याएको र नाकाबन्दीदेखि नक्सा जारी गर्ने ऐतिहासिक कार्य गरेको उल्लेख गरेका छन् । पार्टी एकताको ऐतिहासिक काम गर्नेदेखि पार्टीलाई १ नम्बरमा बनाउँदा बिरामी नदेख्ने अहिले जापानी प्रधानमन्त्रीको प्रसंग किन उठाउन खोजिंदैछ भन्ने प्रश्न उनले गरेका छन् ।
अर्यालले सामाजिक संजालमा लेखेका छन्–‘साथीहरु, कालो चस्मा लगाएर अन्धो भएको नाटक किन ? आफ्नो ब्यक्तिगत सम्पत्ति पनि त्यागेको घोषणा गर्नुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको बाँकी जीवन नेपाल र नेपालीको सेवामा समर्पित छ । दृढ इच्छाशक्ति , उच्च मनोबल अनि अदम्य आत्मविश्वाससँगै जस्तोसुकै कठिन परिस्थिति, समस्या र चुनौतीका पहाड छिचोल्दै त्यस्लाई अवसरका रुपमा रुपान्तरण गर्न सक्ने सामथ्र्य राख्ने राजनीतिक कन्भिन्सन भएका राजनेता ओलिमाथि निरन्तर प्रहार किन भैरहेको छ ? कुरा सिधा छ, अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कन्भिन्सन, अध्यक्ष प्रचण्डको भावुकता र लचकता, बरिष्ठ नेता माधव नेपालको सकारात्मक निस्क्रियता, उपाध्यक्ष बामदेब गौतमको ६ सूत्रसहितको हस्तक्षेपपछि पार्टी दुर्घटनाबाट जोगिदै अघि बढदै गर्दा चियाको कपमा तुफान ल्याउने दुस्प्रयास नगर ।’
अर्यालले ७ वटा बुँदामा प्रधानमन्त्री ओलीको आवश्यकता र औचित्य पुष्टि गर्न खोजेका छन्ः
१. बिरामी हुँदा नै नेकपा एमालेको पार्टी अध्यक्ष जित्ने ब्यक्ति हुन् । जसले एमालेको सान र मान बढाए ।
२. बिरामी हुँदा नै स्थानीय तहमा नेकपा एमालेलाई १ नम्बर पार्टी बनाउने ब्यक्ति हुन् ।
३. बिरामी हुँदा नै दुनियाँले असम्भव ठानेको र स्वयं नेतृत्वलाई समेत बिश्वास नभइरहेका बेला चमत्कारिक रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गराई नेकपा बनाउने ब्यक्ति हुन् ।
४. बिरामी हुँदा नै संसदीय चुनावमा गठबन्धन (नेकपा)लाई दुई तिहाई बहुमतको पार्टी बनाउने सर्वोच्च कमान्डर हुन् । र, उनैको नेतृत्वलाई विश्वास गरेर जनताले मत दिए ।
५. बिरामी हुँदा नै नाकाबन्दीबाट भारतलाई घुँडा टेकाए ।
६. अहिले सुनौलो इतिहास रच्दै नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने ब्यक्ति हुन् ।
७. त्यो बेला बिरामी नदेख्नेहरु अहिले ओलीलाई बिरामी देख्न थालेछन् । यो देश कसैले बनाउँछ भने त्यो केपी ओलीले बनाउने हो अरु टेस्टेडहरु ओलीका प्रतिस्पर्धी हुन सक्दैनन् ।
जापानी प्रधानमन्त्रीको राजीनामासँग तुलना गर्नेहरु अहिले ओलीलाई बिरामी देख्दैछन् । ओलीको बाँकी जीवन नेपाल र नेपालीका लागि हो । देश र जनताको चाहना अनुसार उहाँ नेकपाको पार्टी अध्यक्ष र यो देशको प्रधानमन्त्री हो । आवश्यकता र समयको माग अनुसार हस्तान्तरण र पुस्तान्तरण । धेरै भावनामा नबगौं ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend