Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • चितवनमा ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु


    सोमबार, चैत्र २० २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    मुग्लिङबाट काठमाडाैंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो ।

    उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको भने भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार