काठमाडौं। आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा नेपाली कांग्रेसबाट दुई महामन्त्री खटिने भएका छन्।
भोलि सोमबार उपनिर्वाचन हुने तीन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मा खटिने भएको एक पदाधिकारीले जानकारी दिए।
महामन्त्री थापाको उपस्थितिमा तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गर्नेछन् भने महामन्त्री शर्माको उपस्थितिमा जीतनारायण श्रेष्ठले चितवनमा उम्मेदवारी दिनेछन्।
उम्मेदवारी दर्तापछि तनहुँ र चितवनमा सभा हुनेछ। ती सभालाई महामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
वैशाख १० गते तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदैछ। कांग्रेसले बारामा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरिसकेको छ।
कांग्रेसले एकतावद्ध भएर चुनावमा खट्न नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend