Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा


    आइतबार, चैत्र १९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबबारे जानकारी लिएका छन् ।

    स्वास्थ्यमा समस्या आएपपछि शनिबार राति राष्ट्रपति पौडेल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

    आइतबार प्रधानमन्त्री प्रचचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    पेटको दुखाइका कारण राष्ट्रपति पौडेललाई शनिबार अस्पताल लगिएको थियो । राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार