Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमितको सम्पर्कमा आएका तीन मन्त्री आइसोलेशनमा


    शुक्रबार, भाद्र १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका तीन मन्त्री होम आइसोलेशनमा बसेका छन् । 

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुमक्त ढकाल अहिले होम आइसोलेशनमा बसेका हुन् । 

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि तीनै मन्त्री आइसोलेशनमा बसेका हुन् । मन्त्री पोखरेल सीसीएमसीका संयोजक हुन भने थापा र ढकाल सदस्य हुन् । 

    सो कार्यालयमा चिया पुर्‍याउने काम गर्दै आएका कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितको सम्पर्कमा आउनुपर्ने व्यवस्था स्वास्थ्य प्रोटोकलमा उल्लेख छ ।  

    आइसोलेशनमा बसेका तीनै जना मन्त्रीहरूको पीसीआर परीक्षण गर्ने तयारी भैरहेको स्रोतले जानकारी दिएको छ। यसअघि थापा र पोखरेल आइसोलेशनमा रहेको भन्दै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक समेत सारिएको छ । 

    भोलिका लागि तोकिएको बैठक आगामी बिहीबार बस्नेगरी सारिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार