Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु


    शनिबार, चैत्र १८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।

    जयथृथ्वी नगरपालिका-९ मा पवनदुत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट तीन वर्षीय सर्गम बोहराको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तीन वर्षीय बालक बोहरालाई शनिबार सुर्मा गाउँपालिका वडा नम्बर ३ का धनबहादुर बोहराका छोराको बसको ठक्करबाट मृत्यु भएको हो ।

    पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार