Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • फेरि बढ्यो कोरोना संक्रमण


    शनिबार, चैत्र १८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ । पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण्म देखिएको छ । १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित भेटिएको राष्ट्रिय इपिडिमियोृलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    एक सातामा देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ । संक्रमण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । आजको राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार