Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले नदी किनारका संरचना हटाउन जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले दियो अन्तरिम आदेश


    शुक्रबार, चैत्र १७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरले नदी किनारका सार्वजनिक स्थलमा बनेका संरचना सात दिनभित्र हटाउन भन्दै जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

    आज शुक्रबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले यस्तो आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए।

    केही समयअघि महानगरले महानगरले नदी किनारका सार्वजनिक क्षेत्रमा बसोबास गरिरहेकालाई एक साताभित्र जग्गा खाली गर्न अल्टिमेटम दिँदै गत शनिबार सार्वजनिक सूचना जारी गरेको थियो ।

    उक्त सूचना विरूद्ध जानुका पोखरेल लगायत ६ जनाले बिहीबार उच्च अदालतमा रिट दिएका थिए। उक्त रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश चन्दको इजलासले अन्तरिम आदेश दिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार