Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरक्षा निकायका १ हजार ६ सय बढीमा कोरोना संक्रमण


    शुक्रबार, भाद्र १२ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । 

    मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन । 

    प्राप्त विवरणमा ३ सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा १ हजार ६ सय ३३ जनामा संक्रमण देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८ सय ६१ निको भएर घर फर्किएका छन् ।

    सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । 

    सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७ सय ९५ जनामा सङ्क्रमण देखिएको बताए । 

    उनकाका अनुसार उपत्यकामा मात्रै १ सय ६३ जना फेला परेका छन् । ५ सयभन्दा बढी निको भएर फर्किसकेका उनले बताए । 

    सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४ सय ३५ सशस्त्र प्रहरी संक्रमित भएका छन् । त्यसमध्ये १ सय ८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए । 

    नेपाली सेनामा आजसम्म ४ सय ३ जनामा सङ्क्रममा देखिएको छ । 

    अहिलेसम्म १ सय १६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार