Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, भाद्र १२ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  पुष्पाञ्जली अस्पतालमा उपचार गराइरहेका भरतपुर २ क्षेत्रपुर निवासी ५१ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।

    ती पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो। भदौ ८ गते उनको स्वाब लिई परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो।

    उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको र शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

    मृतक लामो समयदेखि फोक्सोको, दमको बिरामी रहेको र अस्पताल भर्ना हुने समयमा पनि दुबै फोक्सोमा गम्भीर निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। ‌

    योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। शुक्रबार बिहानमात्रै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका एक महिलाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार