रुपन्देही । बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।
भेन्टिलेटरमा उपचाररत उनलाई भदौ ७ मा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा ३६ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको ज्यान गैसकेको छ ।