Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतबाट आयात हुँदा नेपाली मह विस्थापित


    बिहिबार, चैत्र १६ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्। देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन। ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भने, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन।’

    २५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहेका छन्। ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ देवकोटाले २८० घार मौरी पालिरहेका छन्।

    मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान होइनन्। मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन्। भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको किसानको गुनासो छ। भारतबाट वैधानिक ‘च्यानल’बाट मात्र नभएर अवैध बाटोबाट पनि मह आयात भइरहेको मौरीपालक महासंघले जनाएको छ। करिब ३ हजार मेट्रिक टन मह बिक्री नभएको महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए। ‘पोहोरदेखि मह बिक्री भएको छैन,’ उनले भने, ‘भारतीय महका कारण बिक्री नभएको हो।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार