Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजीनामा


    बुधबार, चैत्र १५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रिय नेताले दिएको राजिनामा स्विकृत गरेको छ । आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजिनामा स्विकृत गरेको हो ।

    पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुणामणी जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो ।

    यसैगरी, बैठकले मिटर ब्याँज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार