Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरुले दिए राजीनामा


    बिहिबार, असोज १८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् ।

    बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

    सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका बताइएको छ ।

    इन्जिनियरिङ अध्ययन संस्थानका डिन र सहायक डिनहरुलाई सत्तारुढ दलका विद्यार्थी प्रतिनिधिले दबाबमा पारेर पुरानै शुल्कमा इन्जिनियरिङको स्नातक तह अध्ययन गराउन प्रवेश परीक्षा सञ्चालनको सूचना जारी गर्न लगाएको प्राध्यापकहरुले बताएका छन् ।

    बुधबार जारी सूचनामा यस्ता क्रियाकलापले इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने ठहर गर्दै अब हुने वार्ताको औचित्य समाप्त भएकाले राजीनामा दिने निर्णय भएको उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार