Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गण्डकी सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा


    शुक्रबार, चैत्र १० २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन् । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

    आजै दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार