Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने


    बुधबार, चैत्र १५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्।

    मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन् ।

    उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार