काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटी बिझाएर छुटेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए।
सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्।
उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो। प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण हिजो उनीहरूलाई कारागार चलान गरिएको थियो।
उनीहरूले गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड सहभागी एक कार्यक्रममा नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।
।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend