Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


    मंगलबार, चैत्र १४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनुषा। धनुषाको मिथिला बिहारी नगरपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ती भने घाइते भएका छन् ।

    धनुषाकै मिथिला बिहारी नगरपालिका- ६ सिरसियाका २१ वर्षीय विजयकुमार यादवको मृत्यु भएको हो । काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा विजयकुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

    घाइते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार