Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • उर्लाबारीका वडाध्यक्ष पौड्यालमाथि कुटपिट


    मंगलबार, चैत्र १४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरेका छन् ।

    तालबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष पौड्यालमाथि कुटपिट गरिएको हो । कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् । पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले बताए । सो क्रममा प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोगसमेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार