काठमाडौं । बिहीबार कास्कीको हेम्जामा भूकम्पको धक्का महसुश भएको छ। बिहीबार साँझ ५ बजेर २७ मिनेट जाँदा हेम्जा केन्द्रविन्द भएर ३.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।
यसअघि बुधबार काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको गएको थियो । त्यस्तै मंगलबार पनि बझाङ केन्द्रबिन्दु भएर ४।७ रिक्टरस्केलको भूकम्प गएको थियो ।