Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उपनिर्वाचनका लागि राप्रपाले तोक्यो तीन क्षेत्रमा कमाण्डर


    सोमबार, चैत्र १३ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ १, बारा २ र चितवन २ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको हो ।

    बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार तनहुँ(१ मा कोषाध्यक्ष निलकण्ठ काफ्ले, बारा(२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङ र चितवन(२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष विक्रम पाण्डेलाई निर्वाचन कमाण्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    साथै पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रीत हुने गरी छलफल गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार