Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो : प्रवक्ता खतिवडा


    बिहिबार, भाद्र ११ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको बताए । तर सरकारले भने कसैलाई नियुक्ति नदिएको उनले बताएका छन् ।

    बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

    ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धी छलफल पनि केही भएको होइन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार